संखुवासभामा लकडाउनले रोकिएको नियमित खोप सेवा शुरु ( भिडियो सहित )
संखुवासभा– स्वास्थ्य कार्यालय संखुवासभाले बालबालिकाहरुलाई दिदै आएको नियमित खोपलाई निरन्तरता दिन थालेको छ । कोरोना भाईरस (कोभिड—१९ ) का कारण चैत ११ बाट अवरुद्ध भएको नियमित खोप सेवा गत बुधबारदेखि शुरु गरेको जिल्ला स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । दुरी कायम गरेर खोप संचालन गरिएको बाह्रकोटीले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको निर्देशन पछि १ नम्बर प्रदेशका १४ जिल्लामा सामाजिक दुरी कायम गरेर खोप सेवा सुरु गरिएको हो । प्रदेश १ मा २ बर्ष मुनिका बालबालिका २ लाख बढी बालबालिकालाई १२ प्रकारका रोगबाट बचाउन ११ वटा खोप लगाईएको छ । विसिजी, डिपीटि, दादुरा रुवेला लगायतका नियमित खोप लकडाउन पछि चैत ११ बाट बन्द गरिएको थियो ।

संखुवासभामामात्रै २ सय ६ वटा खोपकेन्द्रमा ६ हजार बालबालिकालाई यी खोप लगाईएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #AVS TV.Online, #जिल्ला स्वास्थ कार्यालय संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्