नगर प्रमुख र उपप्रमुखको लफडा मिलेपछि पनौतीको बजेट पास
काभ्रे । प्रमुख-उपप्रमुखबीचको विवाद मिलेसँगै काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ ।
उपप्रमुख गीता बञ्जाराले बुधबार आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालुतर्फ ८१ करोड १५ लाख ३० हजार र पूँजीगततर्फ ७९ करोड ९५ लाख ८१ हजार रुपैयाँ छ ।
प्रस्तुत बजेटमा ४४ करोड २५ हजार आन्तरिक आयबाट र २० करोड ४१ लाख ९० हजार रुपैयाँ राजस्व बाँडफाँटबाट मिलाइने उल्लेख छ ।
यसअघि ९ असारको नगरसभा बैठक नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका थिए । जसका कारण नगरप्रमुख रामशरण भण्डारीले बुधबारका लागि बैठक आह्वान गर्दै नगरसभा स्थगित गरेका थिए ।
कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएको भन्दै उपप्रमुख बञ्जारासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरसभा बहिष्कार गरेका थिए ।
नगरपालिकामा बचेको ३६ करोड स्रोतमध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति भए पनि सहमतिअनुसार बजेट नआउने देखेपछि नगरसभा बहिष्कार गरिएको उपप्रमुख बञ्जाराले बताएकी थिइन् ।
बञ्जाराका अनुसार प्रमुख र उपप्रमुखले ९ करोड ५० लाखका दरले बाँड्ने सहमति भएको थियो । तर पछि नगरका गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन् ।
विपद्, बसपार्क, पनौती बजार खानेपानी, मुख्य बजारमा बत्ती जडानमा राखिएको रकम लगायतका नगरका गौरवका केही योजनामा ५ करोड विनियोजन भएकोमा असन्तुष्ट बनेकी उपप्रमुखसहित एमाले समर्थित जनप्रतिनिधि नगरसभामा उपस्थित नभएर सभा स्थगित भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नगर प्रमुख र उपप्रमुखको लफडा मिलेपछि पनौतीको बजेट पास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्