तारकेश्वरमा कानुनको अवज्ञा गर्दै असारमा पनि बालुवा निकासी , स्थानीय अवैधानिक कार्यप्रति आक्रोशित
काठमाडौं संघीय र प्रदेश सरकारको स्पष्ट मापदण्ड विपरीत तारकेश्वर नगरपालिकामा असार महिनामा समेत ढुंगा, गिटी, बालुवा ९डीजीबी० र माटोको निकासी जारी रहेको खुलेको छ। संघीय सरकारले जारी गरेको मापदण्ड अनुसार प्रत्येक आर्थिक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन तथा निकासी पूर्णरूपमा रोक लगाइएको भए तापनि नगरपालिका भने निरन्तर बिल काटी निकासी गराइरहेको छ।
तारकेश्वर नगरपालिकाले २०८१ असोज १३ गते सार्वजनिक सूचना मार्फत २०८२ जेठ मसान्तसम्मका लागि ढुंगा, गिटी, बालुवा बिक्री–व्यवस्थापन सम्बन्धी ठेक्का सम्झौता गरेको थियो। तर उक्त सम्झौतामा तोकिएको समय सीमा सकिएको एक सातापछि पनि नगरपालिका असार महिनाभर निरन्तर बिल काटिरहेको प्रमाणहरू सार्वजनिक भएका छन्।
स्थानीय बासिन्दाहरू यस अवैधानिक कार्यप्रति आक्रोशित छन्। उनीहरूले निकासीको समयमा उठ्ने धूलो, आवाज, बाटोको क्षति तथा संभावित बाढी–पहिरो जस्ता जोखिमबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। ूबरसातको मौसममा नदीजन्य सामग्री निकाल्न कानुनले नै रोक लगाएको बेला नगरपालिकाको यस्तो कदमले स्थानीय जनताको सुरक्षामाथि समेत प्रश्न उठाएको छ, एक स्थानीयले बताए।
२०७९ जेठ ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै स्थानीय तहलाई पठाइएको पत्र ९चलानी नं। ३२१र६७६०० मा ूढुंगा, गिटी, बालुवा र माटो उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी पहिलो संशोधन मापदण्ड–२०७९ू कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिइएको थियो। उक्त मापदण्डको दफा ४ को उपदफा १६ अनुसार, प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने छैनू भन्ने स्पष्ट व्यवस्था छ।
यसबाहेक, बागमती प्रदेशको आर्थिक ऐन अनुसार, निकासी कार्यमा प्राप्त आम्दानीको ४० प्रतिशत हिस्सा प्रदेश सरकारमा पठाउनुपर्नेछ। चालु आर्थिक वर्षमा प्रति घनफुट बालुवाको दर ७ रुपैयाँ ९भ्याट बाहेक० तोकिएको छ, जुन अघिल्लो वर्ष ९ रुपैयाँ थियो। यसबाट पनि राजस्व संकलनमा कटौती भएको देखिन्छ।
तर, तारकेश्वरमा भने यी कानुनी मापदण्डको धज्जी उडाइएको छ। दैनिक सयौं टिपरमार्फत नदीजन्य पदार्थको निकासी जारी रहँदा स्थानीय प्रशासन मौन देखिएको छ। यस्तो कानुनविपरीतको गतिविधिले स्थानीय निकायप्रतिको जनविश्वास गुम्ने खतरा देखिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कानुनको अवज्ञा गर्दै असारमा पनि बालुवा निकासी, #तारकेश्वर नगरपालिका विवादमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्