आफ्नै नेताले ल्याएको बजेटप्रति आपत्ति जनाएको लुम्बिनी कांग्रेसले बोलायो बैठक
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति गम्भीर आपत्ति जनाएको सत्तारुढ नेपाली कांग्रेस प्रदेश समितिले यसबारे छलफल गर्न बैठक बोलाएको छ । पार्टीबाटै आर्थिक मामिला मन्त्री बनेका धनेन्द्र कार्कीले ल्याएको बजेटमा पार्टीका प्रदेश सभापति अमरसिंह पुनले गम्भीर आपत्ति जनाउँदै बिचौलियाले बनाएको बजेट भन्दै विरोध गरिसकेका छन् ।
प्रदेश सरकारमा कांग्रेसबाट सहभागी ५ मन्त्रीको भूमिकाका विषयमा पार्टी कमिटीले आलोचना गरिरहेको बेला र बजेटको आलोचना भइरहेको बेला बोलाइएको बैठक अर्थपूर्ण रहेको नेताहरूले बोलाएका छन् ।
कांग्रेस प्रदेश कमिटीमा पार्टीमा इतर समूहको वर्चस्व रहेको छ भने प्रदेश सभामा संस्थापना समूहको वर्चस्व रहेको छ ।
बजेटप्रति कांग्रेस र एमालेकै सांसदहरूले गम्भीर असहमति जनाएपछि असार ७ गतेदेखि राखिएको छलफल कार्यक्रम अनिश्चितकालका लागि रोकिएको छ । दुवै पार्टीले आन्तरिक छलफल अघि बढाएपनि कुनै निचोड निस्केको छैन ।
कांग्रेसले असार १३ गते प्रदेश समितिको बैठक बोलाएर यसबारे आफ्नो आधिकारिक धारणा बनाउन सक्ने नेताहरूको आंकलन छ । प्रदेश महामन्त्री विक्रम खनालले १३ गते लमहीमा आयोजना गरिएको बैठकमा सरकारमा सहभागी सबै मन्त्री र प्रदेश सभामा पार्टीबाट पुगेका सबै सांसदहरूलाई बोलाइएको जनाएका छन् ।
पार्टीको प्रदेश कमिटीसँगै १२ जिल्लाकै पार्टी सभापति, भातृ संगठनका प्रमुखहरूलाई पनि बोलाइएको छ । सभापति पुन असन्तुलित बजेट र सरकारमा सहभागी मन्त्रीहरूबारे पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं पुगेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आफ्नै नेताले ल्याएको बजेटप्रति आपत्ति जनाएको लुम्बिनी कांग्रेसले बोलायो बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्