कतार र इराककाे अमेरिकी सैन्य अखडामा इरानको मिसाइल आक्रमण, हवाइ उडान बन्द
काठमाडौं । इरानले अमेरिकी आक्रमणको बदलास्वरुप कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ ।
बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् ।
इरानको तास्निम एजेन्सीका अनुसार इरानी क्रान्तिकारी सुरक्षाले ती दुई देशमा अवस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएका हुन् । कतारमा पछिल्लो केही मिनेटहरुमा विस्फोटका आवाजहरु सुनिएका थिए ।
यसैबीच कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्थायीरुपमा हवाई उडान बन्द गरेको छ ।
सोमबार कतारको विदेश मन्त्रालयले आफ्ना देशका नागरिक, आगन्तुकको सुरक्षालाई ख्याल गर्दै हवाई आवातजावत अस्थायीरुपमा बन्द गरिएको जनाएको छ ।
एबीसीन्यूजका अनुसार एक अमेरिकी उच्च रक्षा अधिकारीले भने, ‘यो खतरा वास्तविक हो भन्ने हामीलाई लागेमा मात्र हवाई क्षेत्र बन्द गर्छौ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कतार र इराककाे अमेरिकी सैन्य अखडामा इरानको मिसाइल आक्रमण, #हवाइ उडान बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्