Techie IT
सोमबार, असार ९,२०८२

काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह उच्च, सतर्कता अपनाउन आग्रह


काठमाडौं, ९ असार । काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

मध्यरात भएको वर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

त्यसैगरी, गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचनामार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह उच्च, #सतर्कता अपनाउन आग्रह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:07 am7:04 pm +0545