टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोडको बजेट पारित
टोखा । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ८० करोडको बजेट पारित गरेको छ। उपप्रमुख मुरारी तामाङका अनुसार बजेट नीतिगत कार्यक्रमहरू कार्यान्वयन गर्न लक्षित गरी विनियोजन गरिएको हो।
पारित बजेटमध्ये चालु खर्चतर्फ रु. ७७ करोड ८६ लाख ८६ हजार अर्थात् ४३.२६ प्रतिशत, पूँजीगत खर्चतर्फ रु. १ अर्ब २ करोड ३ लाख १४ हजार अर्थात् ५६.६८ प्रतिशत, र वित्तीय व्यवस्थातर्फ रु. १० लाख अर्थात् ०.०६ प्रतिशत रकम छुट्याइएको छ।
बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन यथास्थितिमा आधारित छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट रु. ५८ करोड ९० लाख २९ हजार, प्रदेश सरकारबाट रु. १४ करोड ११ लाख ५३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट रु. २३ करोड, आन्तरिक तथा अन्य आयबाट रु. ३५ करोड २३ लाख १८ हजार, जनसहभागिताबाट ७५ लाख, र चालु आर्थिक वर्षबाट बाँकी रहेको रु. ४८ करोड बजेटमा समावेश गरिएको छ।
उपप्रमुख तामाङले बजेटले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण, दिगो विकास तथा नवप्रवर्तनमा जोड दिने बताए। नगरपालिकाले कार्यान्वयन प्रक्रिया पारदर्शी, समावेशी र नतिजामूलक हुने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोडको बजेट पारित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्