एमालेको आर्थिक सुधार अभियान : अब सम्पूर्ण पार्टी कारोबार बैंकमार्फत

भेडेटार, ८ असार । कोशी प्रदेशका सबै जिल्लामा नेकपा (एमाले)ले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ ।
एमालेको केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो । भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।
घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट नीति अवलम्बन गरिने उल्लेख छ । तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटीहरूले लेखा परीक्षण अनिवार्य गर्ने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने विषयमा प्रतिबद्धता जनाएका छन् ।
पार्टीको सम्पूर्ण लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन अब डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने जनाइएको छ । आर्थिक कारोबारलाई बैंकमार्फत गर्ने निर्णयसँगै पार्टीको नीति, नियम, विधान र निर्देशनहरूको पूर्ण पालना गरिने पनि घोषणा पत्रमा उल्लेख छ ।
तालिममा सहभागी जिल्ला, महानगर र उपमहानगर कमिटी अध्यक्षहरुले भविष्यमा लेखा परीक्षणसहितको वार्षिक प्रतिवेदन पेस गर्ने, खर्च र क्रियाकलापको लेखाजोखा राख्ने, आन्तरिक अनुगमनको अभ्यास गर्ने तथा सम्पत्ति वा लगानी भएमा समितिको अनुमति बिना उपयोग नगर्ने नीतिगत प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
घोषणापत्रमा लेखा अनुशासन र मितव्ययिताका अभ्यासहरू पार्टी जीवनमा मात्र सीमित नरही व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने प्रतिबद्धता जनाइएको छ । प्रशिक्षकहरूले तालिमका क्रममा सिकाइएका सिद्धान्तहरू कार्यान्वयन नगरी केवल कागजमा मात्र सीमित राखे पार्टीको सुधार सम्भव नरहने स्पष्ट पारेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले शुभकामना दिएको तालिम कार्यक्रमको अध्यक्षता एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको आर्थिक सुधार अभियान : अब सम्पूर्ण पार्टी कारोबार बैंकमार्फत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्