टोखा ६ मा वृक्षारोपण र सडक नाटक कार्यक्रम सम्पन्न वडा अध्यक्ष पौडेलको नेतृत्वमा बालमैत्री अभियान

टाेखा, काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ हात्तीडोल क्षेत्रमा असार ७ गते शनिबार बिहान वृक्षारोपण तथा बालबालिकालाई लक्षित जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ ।
गरिमा विकास बैंकको वित्तीय सहयोग तथा वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडा वाल सञ्जाल, समुदायस्तरका वाल क्लब, वडा अध्यक्ष शान्ता पौडेलसहित वडा सदस्यहरू, स्थानीय अभिभावक र बालबालिका सक्रिय रूपमा सहभागी भए ।
वडा अध्यक्ष पौडेलले वातावरण संरक्षण र बालमैत्री समाज निर्माणका लागि यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रमको दोस्रो चरणमा वालवालिकाहरूले लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रस्तुत गरेका थिए ।
यस कार्यक्रमले वातावरणीय चेतना र बाल संरक्षणप्रतिको सामाजिक उत्तरदायित्व दुवैलाई सम्बोधन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा ६ मा वृक्षारोपण र सडक नाटक कार्यक्रम सम्पन्न वडा अध्यक्ष पौडेलको नेतृत्वमा बालमैत्री अभियान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्