समृद्ध र सेवा केन्द्रित नगर निर्माणमा प्रतिबद्ध छौं : मेयर अधिकारी

टोखा, काठमाडौं । टोखा नगरपालिकाको सत्रौँ नगरसभा अधिवेशन २०८२ असार ५ गते नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख आकर्षण नगरप्रमुख प्रकाश अधिकारी को सम्बोधन रह्यो, जसमा उनले समृद्ध, शासकीय दक्ष र नागरिकमैत्री नगर निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याए ।
“नगरपालिकाको विकास भौतिक पूर्वाधारमा मात्र सीमित हुन हुँदैन, जनतालाई छिटो र प्रभावकारी सेवा दिन सक्ने प्रशासनिक क्षमता निर्माण हाम्रो प्रमुख लक्ष्य हो,” मेयर अधिकारीले स्पष्ट गरे।
उनले चालु आर्थिक वर्षको समिक्षा गर्दै आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, सरसफाइ र डिजिटल प्रशासनका क्षेत्रमा विशेष प्राथमिकता दिइने बताए । साथै, नागरिकको प्रत्यक्ष सहभागितामा योजना निर्माण र कार्यान्वयन गरिने उनको भनाइ थियो ।
नगरप्रमुखको नेतृत्वमा सम्पन्न यस नगरसभामा उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारी, कार्यपालिका सदस्य, सरोकारवाला निकाय, नागरिक समाज, पत्रकार लगायतका उल्लेख्य उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #समृद्ध र सेवा केन्द्रित नगर निर्माणमा प्रतिबद्ध छौं : मेयर अधिकारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्