Techie IT
बिहीबार, असार ५,२०८२

आफैले गरेको निर्णयबाट पछि हटे मेयर बालेन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैले गरेको निर्णयबाट पछि हटेका छन् ।

मेयर बालेनले गत जेठ १ गते सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौँ–८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकेका थिए ।

तर उक्त निर्णयबाट मेयरपछि हट्दै पुरानै जिम्मेवारी दिएको एक वडा अध्यक्षले जानकारी दिए । उनका अनुसार वडा अध्यक्षहरुको दबाब र नयाँ जिम्मेवारी नलिने बताएसँगै पुरानै जिम्मेवारी दिन मेयर तयार भएका छन् ।

हचुवाका भरमा र निर्णय गर्दै मेयर साहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । उनीहरूले कार्यपालिकाको निर्णय विना आफू खुशी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए ।
नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आफैले गरेको निर्णयबाट पछि हटे मेयर बालेन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:07 am7:03 pm +0545