Techie IT
मंगलबार, कात्तिक २५,२०८३

मण्डन कबड्डी +2 कप हुने, बिजेतालाई १५ हजार


प्रदिप ढकाल ,भक्तपुर
असार ४ , बुधवार ।

मण्डन स्पोर्ट्स क्लबको आयोजनामा मण्डन कबड्डी +2 कपको  (सिजन–३) संस्करण असार १३ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ८ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी महिला तर्फ प्रथम हुने टिमले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछ भने दोस्रो हुनेले ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा बिधागत तर्फ उत्कृष्ट रेडर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट अल राउण्डरलाई पनि अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

लिगमा सहभागीताका दर्ता खुलिसकेको र सहभागीताका लागि २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको मण्डन कबड्डी +2 कपका कार्यक्रम संयोजक विरस तामाङले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्