इरानी सर्वोच्च नेताद्वारा युद्धको घोषणा, अमेरिका पनि युद्धमा सामेल हुनसक्ने

काठमाडौं, ४ असार । इरानले आधिकारिक रूपमा इजरायलविरुद्ध युद्धको घोषणा गरेको छ ।
इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले बुधबार एक्समा लेखे– युद्ध सुरु हुन्छ । हामी आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनेछौँ । हामी उनीहरूलाई कुनै दया देखाउने छैनौँ ।
इरानी सर्वोच्च नेता खामेनीको घोषणासँगै इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरान र इजरायलबीच विगत छ दिनदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ ।
मिडिया रिपोर्टहरूका अनुसार अमेरिका पनि चाँडै इरान–इजरायल युद्धमा सामेल हुनसक्छ । मंगलबार क्यानडाबाट फर्केपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरे । यसपछि अमेरिकाले मध्य पूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेको बताइएको छ ।
इरान र इजरायलबीचको युद्धमा हालसम्म २२४ इरानी मारिएका छन् भने १,४८१ जना घाइते भएका छन् । यसबीच इजरायलमा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिका पनि युद्धमा सामेल हुनसक्ने, #इरानी सर्वोच्च नेताद्वारा युद्धको घोषणा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्