Techie IT
मंगलबार, असार ३,२०८२

त्रिशूली अस्पतालमा ओपीडी सेवाका लागि अनलाइन टिकटिङ सेवा सुरु


काठमाडाैँ, असार ३ गते । त्रिशूली अस्पताल कोलेनीमा आजदेखि ओपीडी (बाहिरी बिरामी विभाग) सेवाका लागि अनलाइन टिकटिङ सेवा औपचारिक रूपमा सुरु गरिएको छ। अब सेवाग्राहीहरूले अस्पतालको वेबसाइटमा गएर घरमै बसेर अनलाइन टिकट काट्न सक्ने छन्।

यो सेवा सुरु भएसँगै बिरामीले अस्पतालको भीडभाडमा घण्टौं लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ। अनलाइन प्रणालीमार्फत सेवाग्राहीले आफ्नो रोगअनुसारको ओपीडी शाखा (विभाग) छानेर आफूले चाहेको मिति र समयको लागि टिकट काट्न सक्ने सुविधा दिइएको छ।

अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले अनलाइन प्रणाली सेवा सहज, छरितो र पहुँच योग्य बनाउन तयार पारिएको जानकारी दिए।
अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले भने, “सेवाको गुणस्तर बढाउने उद्देश्यले अनलाइन टिकटिङ सेवा सुरु गरिएको हो।”

अबदेखि अस्पतालको अधिकृत वेबसाइट मा गई अनलाइन टिकट काट्न सकिनेछ।

अनलाइन टिकट काट्न :- https://trishulihospital.bagamati.gov.np/pages/online-ticket-portal082/


क्याटेगोरी : समाचार
ट्याग : #त्रिशूली अस्पतालमा ओपीडी सेवाका लागि अनलाइन टिकटिङ सेवा सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:06 am7:03 pm +0545