मेयरले गेटबाटै छिर्न नदिएपछि उपमेयरले गुहारिन् जनता
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । मेयर दिपेन्द्र महतोले गुण्डागर्दी शैलीमा गेटबाटै छिर्न नदिएको भन्दै भिडिओमार्फत् असन्तुष्टि पोखेकी छन् ।
मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोपसहित हिजो उनले रजिष्टर नियन्त्रणमा लिएकी थिइन् । मेयर-उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।
कार्यालयमा उनलाई छिर्न नदिन नगर प्रहरी तैनाथ गरिएको भिडिओमा देखिन्छ । आज बिहानदेखि कार्यपालिका बैठक बसिरहेको भन्दै उनले नगरबासीसँग सहयोग मागेकी छन् ।
उनले भनिन्, ‘दर्ता चलानी धेरै ठाउँमा खाली राखिएको छ । किन खाली राखेको हो ? यो विषयमा छानबिन हुनुपर्छ ।’
‘आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो । म करिब साढे ८ बजे पुगे । तर, भित्र प्रवेश गर्नै दिएनन् । वातावरण ठिक थिएन । म फर्केँ । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिएको छैन’, उपमेयर महतोले बताइन् ।
मेयरको निर्देशनमा कर्मचारीले भित्र प्रवेश गर्न नदिएको भन्दै अधिकारका लागि लडिरहने उनको उद्घोष छ ।
उपमेयरलाई गेटबाट छिर्न नदिएको विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा मेयर र प्रमुख प्रशासकीय अधिकृतको फोन उठेन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेयरले गेटबाटै छिर्न नदिएपछि उपमेयरले गुहारिन् जनता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्