Techie IT
मंगलबार, असार ३,२०८२

श्रमदानको प्रचार गरिएको काममा समिति बनाएर बील पेस, निकासा रोकेको भन्दै हर्क साम्पाङका समर्थकले गरे उपमेयरमाथि हातपात प्रयास


विराटनगर । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा श्रमदानको हल्ला पिटाएर उपभोक्ता समिति मार्फत फरफारकका लागि ल्याएको बिल पास अनुगमन गरेर निकासा नभएपछि आफ्ना समर्थक ल्याएर उपमेयरमाथि हुल हुज्जत गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को बजेको सीमा निर्धारण सम्बन्धी बैठक चलिरहेको बेला मेयर साम्पाङले आफ्ना समर्थक बोलाएर हुल हुज्जत गरेको उप मेयर आइन्द्र विक्रम वेघाले बताए । सय जनाको समूहमा आएका हर्क साम्पाङगका समर्थकहरुले आफूमाथि हातपातको प्रयास समेत गरेको उपप्रमुख अइन्द्र विक्रम बेघाले आरोप लगाए ।

धरान उप महानगरपालिका वडा नम्बर ६ मा रहेको बहुभाषिक पाठशाला संरक्षणका लागि मेयर हर्क साम्पाङले श्रमदान गरेको भिडियो फोटो सार्वजनिक गरेका थिए ।

श्रमदानबाट ग्याब्लिन बनाएको प्रचार गरेका साम्पाङले पछि उपभोक्ता समिति मार्फत फरफारकका लागि बिल ल्याएपछि आफूलाई थाहा नभई उपभोक्ता समिति बनाएको भन्दै मेयर बेघाले अनुगमन गरेका थिएनन् । अनुगमन समेत नभएपछि रकम निकास रोकिएको थियो ।

निकासा रोकेको विषयमा मेयर साम्पाङ र उपमेयर बेघा बिचमा केहि समय यता विवाद भएको थियो । प्रमुख साम्पाङले धरान १६ मा निर्माणाधीन बहुभाषिक पाठशालालाई संरक्षण गर्न श्रमदानको रकम अनुगमन गरी रकम निकासा गर्न कर्मचारीसहित आफूलाई दबाब दिएको उपप्रमुख बेघाले बताए ।

विवाद भए पनि बजेटको सीमा निर्धारण समितिको बैठकमा मेयर साम्पाङलाई निमन्त्रण गर्दा पनि उनी आएका थिएनन् । बैठक चलिरहेका बेला साम्पाङ समर्थकहरूले हुलहुज्जत गरेको धरान उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडा अध्यक्ष सूर्य प्रसाद भट्टराईले बताए । भट्टराईले विधि र प्रक्रिया भन्दा बाहिर गएर मेयर धरानमा मुठभेडको अवस्था निम्ताएको बताए ।

उनले नियम अनुसार जुन ठाउँमा काम भएको हो त्यही स्थानका व्यक्तिहरू उपभोक्ता समितिमा बस्नु पर्छ । उपभोक्ता समिति बनेको सरोकारवालाहरूलाई थाहा हुनुपर्छ । मेयर साम्पाङले बहुभाषिक पाठशाला संरक्षणका लागि बनाएको उपभोक्ता समितिमा अन्य वडाबाट मानिसहरू ल्याएर कसैलाई थाहा नदिई समिति बनाएको वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईले बताए ।

उनले भने, ‘धरान १४ का प्रसाद राईको संयोजकत्वमा उपभोक्ता समिति बनाइएको छ । उनी मेयरका समर्थक र सहयोगी हुन् । यस्तै वडा भन्दा बाहिरका सत्य घले, समीर तामाङ लाई उपभोक्ता समितिमा राखिएको छ । समिति बन्दा मलाई समेत थाहा भएन ।’

यसरी भयो हुल हुज्जत

सोमबार उपप्रमुख बेघा सहित दिउँसो २ बजे आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण सम्बन्धी बैठक चलिरहेको थियो । सो बैठकमा प्रमुख साम्पाङलाई पनि बोलाइएको थियो । साम्पाङ भने बैठकमा आएनन् ।

कर्मचारी र समितिका सदस्यहरू बिच छलफल भइरहेको बेला साढे ३ बजे प्रमुख साम्पाङले बेघालाई कार्यकक्षमा बोलाए । कार्यकक्षमा जाँदा त्यहाँ साम्पाङका समर्थकहरू जम्मा भएका थिए ।

उनीहरूले हो हाल्ला र हुल हुज्जत गर्दै उनीमाथि आक्रमण गर्न खोजेका थिए । उपमेयर बेघाले भने ‘प्रमुख साम्पाङले आफ्ना समर्थकहरू बोलाएका रहेछन्, भीडले एक्कासि हातपात गर्न खोज्यो ।’

प्रमुख साम्पाङले भने खोला कुनै पनि वडाको नहुने बताए । उनले पत्रकार सम्मेलन गर्दे काम गर्ने मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको बताए ।

उनले भने, ‘उपभोक्ता समिति काम गर्ने मान्छे बनाउने हो । घरमा बस्ने मान्छेलाई अध्यक्ष बनाएर त भएन नि ।’

उनले उपभोक्ता समिति मार्फत १७ लाखको काम सात लाख रुपैयाँमा काम सम्पन्न भएको बताए ।

उपभोक्ता समिति मार्फत त्यति ठूलो कामको अनुगमन गरेर प्रतिवेदन तयार पार्दा पनि उप प्रमुखले कर्मचारीलाई हक्पकाएर धम्काएर र आतंक मच्चाएर हर्कत देखाएका कारण जनता आक्रोशित भएको बताए ।

उनले उप प्रमुखले फाइल समेत लुकाएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निकासा रोकेको भन्दै हर्क साम्पाङका समर्थकले गरे उपमेयरमाथि हातपात प्रयास, #श्रमदानको प्रचार गरिएको काममा समिति बनाएर बील पेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:06 am7:02 pm +0545