Techie IT
सोमबार, असार २,२०८२

रास्वपालाई सभामुखले भने- अब संसद रोक्ने अवस्था छैन


काठमाडौं । सभामुखले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

भेटमा सभामुख घिमिरेले बजेटमा व्यापक छलफल हुनुपर्ने बेला अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए । विपक्षीले उठाएका मुद्दाहरू गम्भीर भएकाले नै आफूले २ हप्ता सहमतिका लागि संसद् रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नभएको बताए ।

आफूले संवैधानिक सीमाहरूलाई ख्याल गरेर अगाडि बढेको उल्लेख गर्दै उनले भने, ‘संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईँहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’

यता, रास्वपाले आफूहरूले जनताका वास्तविक समस्या उठाएको भए पनि सरकार गम्भीर नभएकाले संसद् अवरोधको बाध्यात्मक बाटो रोज्नुपरेको बताएको छ ।

रावस्पाले मुद्दाबाट पछाडि फर्किन सक्ने अवस्था नभएको तर निकासका लागि छलफल र संवादमा रहेको पनि सभामुखलाई भनेको छ ।

एक घण्टा भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति र प्रमुख सचेतक परियारले भने, ‘विपक्षीले उठाएका माग गम्भीर छन् । जनताको वास्तविक समस्या उठाएका छौँ । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपालाई सभामुखले भने- अब संसद रोक्ने अवस्था छैन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Light Rain
5:06 am7:02 pm +0545