मातातिर्था इनडोर क्रिकेट प्रतियोगिता लागि दर्ता खुला, विजेताले एक लाख रुपैयाँ पुरस्कार जित्ने
काठमाडौं । ई प्लानेट इन्टरनेशनलको आयोजनामा आगामी मातातिर्था इनडोर क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ। प्रतियोगिताको लागि खुला दर्ता प्रक्रिया सुरु भइसकेको आयोजकले जनाएका छन्।
प्रतियोगिता २०७९ असार ४ गतेदेखि ७ गतेसम्म चन्द्रागिरी चेकपोस्टस्थित गणेशमान फुटसल र क्रिक्सलमा सञ्चालन हुनेछ। सहभागी टिमहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।
यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले रु। ७०,०००, र दोस्रो हुने टिमले रु। ३०,००० नगद पुरस्कार जित्नेछ। कुल पुरस्कार राशी रु। १,००,००० रहेको छ। प्रतियोगिता सार्वजनिक रूपमा खुला रहेको छ भने एक टिमका लागि प्रवेश शुल्क रु। १०,००० निर्धारण गरिएको छ।
दर्ताका लागि असार २ गते अन्तिम म्याद तोकिएको छ। आयोजकका अनुसार स्थान सीमित रहेकाले इच्छुक टिमहरूले यथाशीघ्र दर्ता गर्न आग्रह गरिएको छ।
दर्ता तथा थप जानकारीका लागि सम्पर्कस्
अभिषेक गौतम सुनार – ९८६०४६१६२५
उमेश सेढाईं – ९८४९७१०६०३
क्रिकेटप्रेमी युवाहरूलाई लक्षित गर्दै आयोजना गरिएको यस प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीहरूलाई अगाडि बढ्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ।

क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्