Techie IT
शनिबार, जेठ २५,२०८२

काठमाडौं महानगरमा किन पुग्याे सशस्त्र प्रहरी ?


काठमाडौं । काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिमाथि कालोमोसो दल्ने हल्ला चलेपछि सशस्त्र प्रहरी बल खटाइएको छ । शान्ति सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी खटाइएको हो ।

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कालो मोसो दल्ने हल्ला फैलिएपछि कार्यालयमै सुरक्षाकर्मी खटाइएको हो । अफवाह कसले फैलायो भन्ने बारेमा महानगर नै अनविज्ञ रहेका छन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले आफूले पनि कालोमोसो हल्ला सुनेको र सशस्त्र खटिएको जानकारी पाएको बताए ।

उनले  भने, ‘अफवाह फैलिएपछि सशस्त्र खटिएको छ । थर उहाँलाई कसले पठाएको हो जानकारी छैन । बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार उपमेयर र प्रशासकीय अधिकृत दुबै कार्यालयमा छैनन् ।

उपमेयर डंगोल एक कार्यक्रममा सहभागी हुन विराटनगर गएकी छन् भने प्रशासकीय अधिकृतको मोवाइल अफ छ ।

अफवाह फैलिएलगत्तै सशस्त्र प्रहरी खटाइएपछि माहोल तनावग्रस्त बनेको छ ।

तर महानगर सहायक प्रवक्ता नवराज ढकालले भने बाहिर आएको कुरा हल्ला भएको बताए । उनले भने, ‘काले मासो दल्ने हल्ला चलेर आएको भन्ने कुरा सत्य होइन ।’

ढकालका अनुसार उनीहरु मेयर बालेन्द्र शाह बालेनसँग छलफलका लागि आएको र यतिकै अफवाह फैलिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगरमा किन पुग्याे सशस्त्र प्रहरी ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:06 am6:59 pm +0545