तारकेश्वर ११ गुम्बा वरिपरिका खाजाघर : यौनजन्य क्रियाकलाप र लागुऔषधको अखडा बन्दै
काठमाडौं, तारकेश्वर – काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित गुम्बा जाने पुलदेखि आनन्द टोलसम्म सञ्चालनमा रहेका विभिन्न खाजाघरहरू अनैतिक तथा आपराधिक गतिविधिको केन्द्रबिन्दु बन्दै गइरहेको पाइएको छ।
वडाध्यक्ष कविराज बस्नेतले सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै सो क्षेत्रका कित्ता नं ३९, ७२, ७१, ७०, १०५, १०७, ६८, ७३ र ११० मा निर्माण गरिएका खाजाघरहरूमा लागुऔषध दुर्व्यसन, मदिरा सेवन, यौनजन्य गतिविधि, झैझगडा र हातहतियारको प्रयोगजस्ता अमर्यादित क्रियाकलाप भइरहने उजुरी वडामा प्राप्त भएको जानकारी दिएका छन्।
यस्ता गतिविधिका कारण स्थानिय बासिन्दाहरूमा डर र असुरक्षाको भावना बढेको भन्दै वडाले एक साताभित्र सम्बन्धित जग्गाधनी तथा घरधनीहरूलाई वडामा उपस्थित हुन आग्रह गरेको छ। सो अवधीभित्र सम्पर्कमा नआएमा ती खाजाघरहरू बन्द गरिने वडाध्यक्ष बस्नेतले चेतावनी दिएका छन्।
वडाले स्थानिय सुरक्षा संयन्त्रसँग समन्वय गर्दै यस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।
हेर्नुहोस वडाले जारी गरेको सूचना :

क्याटेगोरी :
समाचार
ट्याग : #breaking, #तारकेश्वर ११ गुम्बा वरिपरिका खाजाघर : यौनजन्य क्रियाकलाप र लागुऔषधको अखडा बन्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्