दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा ९० जना बिधार्थीको लागि स्टेसनरी सामग्री सहित तातो न्यायो कपडा वितरण
दार्चुला । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सामाजिक अभियान अन्तर्गत दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा बालबालिकाका लागि स्कुल ब्याग, स्टेसनरी सामग्री र लत्ता कपडा वितरण गरिएको छ। यस अभियानमार्फत झण्डै ९० जना सय बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो। बालबालिकाको शिक्षामा सहयोग पुर्याउने र जीवनस्तरमा सहजता ल्याउने उद्देश्यले अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी आयोजकले दिएका छन।
उक्त सामाजिक अभियानलाई ओपन खबर मिडिया प्रा।लि।ले नेतृत्व गरेको थियो। संस्थाका अध्यक्ष मोहनकृष्ण अधिकारीले कार्यक्रमबारे जानकारी दिँदै सबै सहयोगी मनप्रति आभार व्यक्त गरेका छन। कार्यक्रम सफल बनाउनमा साल्टेडिङ कर्पोरेशन लिमिटेड, एभरेष्ट आइ बयर, भुवनेश्वरी इम्पेक्स, समाजसेवी अजय थापा (तारकेश्वर–१, काठमाडौं), विष्णु भण्डारी (नागार्जुन–४, काठमाडौं), हरिसरण सापकोटा र निर्मला तिमिल्सिना (बेलकोटगढी नगरपालिका, नुवाकोट), र अशोक तामाङ (काभ्रेपलाञ्चोक) लगायतका व्यक्तित्व र संस्थाहरूको विशेष भूमिका रहेको थियो।
सहयोगदाताहरूको निरन्तर साथ र सद्भावले सामाजिक उत्तरदायित्व वहन गर्न थप प्रेरणा मिलेको आयोजकहरूको भनाइ छ। अपि हिमालजस्तो विकट क्षेत्रमा बालबालिकाले शैक्षिक सामग्री र लत्ता कपडाबाट राहत पाएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन।

क्याटेगोरी : समाचार
ट्याग : #दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा ९० जना बिधार्थीको लागि स्टेसनरी सामग्री सहित तातो न्यायो कपडा वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्