रास्वपाको अडान : भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ

काठमाडौं, जेठ २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन हुनुपर्ने अडान दोहोर्याउँदै, त्यसका लागि गृहमन्त्रीले पदबाट मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ।
सोमबार पार्टी कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले अनुसन्धान अघि बढाउन पदत्याग आवश्यक भएको बताए। साथै, यस विषयमा गृहमन्त्री स्वयं नभई प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने रास्वपाको धारणा रहेको उनले स्पष्ट पारे।
झाका अनुसार रास्वपा कुनै व्यक्तिविशेषको विपक्षमा नभई समग्रमा देखिएको भिसा प्रणालीको बेथिति अन्त्य गर्न कटिबद्ध रहेको छ।
यसअघि, सोमबारै बसेको पार्टी सचिवालय बैठकले संसदीय दललाई भिजिट भिसा प्रकरणमा सदनमा सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिएको थियो। त्यस्तै, बैठकले पार्टीको स्थापना दिवस मनाउन विभिन्न समितिहरू गठन गर्ने निर्णयसमेत गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्