नाइट बसभित्रै महिलाले जन्माइन् शिशु, सुत्केरी र बच्चा दुबैको अवस्था सामान्य
काठमाडौं, १९ जेठ — काठमाडौंबाट भैरहवा जाँदै गरेको रात्रिकालीन बसमा एक गर्भवती महिलाले यात्रा दौरान नै शिशु जन्माएकी छन्। लु २ ख २५६१ नम्बरको रोयल मञ्जुश्री एसी बसमा आइतबार राति सवार महिलाले नौबिसे नजिकै बसभित्रै छोरा जन्माएकी हुन्।
बसका धनी अनुप शर्माका अनुसार ती महिला आफ्ना श्रीमानसँगै रुपन्देहीको खैरहनीतर्फ जाँदै थिइन्। काठमाडौं छुटेपछि केही समयमै ती महिलालाई पेट दुख्न थालेको र नौबिसे पुगेर बस रोकेपछि पौने ११ बजे छोरालाई जन्म दिएकी हुन्।
‘हामीलाई उहाँको डेलिभरी नजिकिएको थाहा थिएन,’ बस धनी शर्माले भने, ‘पेट दुख्न थालेपछि बस रोक्न भनिएको थियो, तर बीचमा रोकिने उपयुक्त स्थान थिएन। नौबिसेमा सबै यात्रुहरूलाई ओरालेर बसभित्रै भएका महिलाहरूको सहयोगमा उहाँले बच्चा जन्माउनुभयो।’
शिशुको जन्मपछि बस स्टाफ र स्थानीयको सहयोगमा आमा र बच्चालाई नजिकको स्वास्थ्य चौकीमा लगिएको थियो। त्यहीँ सालनाल काटेर एम्बुलेन्समार्फत् थापाथलीस्थित प्रसूतिगृहमा पठाइएको थियो। त्यसपछि बस आफ्नो गन्तव्यतर्फ अघि बढेको थियो।
शिशुका बुवा राजकुमार अधिकारीले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनका अनुसार चिकित्सकले दिएको अनुमानित मितिभन्दा १०–१५ दिन अघि नै बच्चा जन्मिएको हो।
‘हामी बुटवलको खैरहनीमा दिदीसासुको घर जाँदै थियौं, किनभने ससुराली (पूर्वी नवलपरासीको अरुणखोला)मा सुत्केरी हुनु हुँदैन भन्ने मान्यता छ,’ अधिकारीले भने, ‘तर ११:४० बजे नै बसभित्रै बच्चा जन्मियो।’
शिशुको पछाडिपट्टि फोका उठेजस्तो देखिए पनि स्वास्थ्यमा ठूलो समस्या नरहेको चिकित्सकले बताएका छन्। अधिकारीले बस धनी, स्टाफ र यात्रुहरूले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
बस धनी अनुप शर्माले भने, ‘सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ। बच्चाको अवस्था बुझ्दा ठिकै रहेछ भन्ने थाहा पाएँ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नाइट बसभित्रै महिलाले जन्माइन् शिशु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्