राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात बन्द , यात्रीहरु मर्कामा
९ जेठ, काठमाडौं ।
देशभर सार्वजनिक यातायात बन्द हुँदा यात्रुहरू ठूलो समस्यामा परेका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई अनुमति दिने गरी नियमावली ल्याएपछि यसको विरोधमा उत्रिएका यातायात व्यवसायीहरूले देशभर लामो तथा छोटो दुरीका सवारी साधन चलाउन नदिएपछि यात्रुहरू मर्कामा परेका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार कालो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधन सातवटै प्रदेशमा सञ्चालनमा आउन दिइएको छैन। काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका बस, माइक्रो बस र टेम्पोहरू पूर्ण रूपमा ठप्प छन्।
उपत्यकाका सडकहरूमा सामान्यतः देखिने भिडभाडको सट्टा आज बिहानैदेखि सुनसान देखिएको छ। केही निजी मोटरसाइकल, कार तथा फाट्टफुट्ट ट्याक्सी मात्र सञ्चालनमा छन्। बस स्टपहरूमा यात्रुहरू गाडीको प्रतीक्षामा छन् भने केहीले पठाओजस्ता राइड सेयरिङ सेवा प्रयोग गरेका छन्, अन्य पैदलै गन्तव्यतर्फ लागेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन निकै कम संख्यामा सञ्चालनमा रहेको जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्