Techie IT
शनिबार, असार १३,२०८३

यापी भैरव बन्यो च्याम्पियन, ईसान बने उत्कृष्ट खेलाडी


प्रदिप ढकाल ,भक्तपुर
जेष्ठ १८ , आईतवार

दोस्रो चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिता२०८२ को उपाधि यापी भैरव क्लबले जितेको छ। फैढोका फुटसलको आयोजनामा चाँगुनारायण नगरपालिका फौढोका फुटसलमा भएको फाइनल भिडन्तमा यापी भैरव क्लबले दाहाल ब्वाइज् क्लबलाई ले हराउँदै उपाधि उचाल्न सफल भएको हो।

विजेता बनेको यापी भैरव क्लबले शिल्ड, मेडल सहित ५० हजार नगद पुरस्कार हात पार्यो भने दाहाल ब्वाइज् क्लबले २५ हजार रुपैयाँमा चित्त बुझायो विजयी खेलाडीहरुलाई चाँगुनारायण नगरपालिका का वडा अध्यक्ष श्याम सुन्दर धिमालले पुरस्कृत गरे।प्रतियोगिताको अनुशाशित टोलीको पुरस्कार फोपाल स्टूपर्सले हात पार्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी यापी भैरव क्लबका इशान श्रेष्ठ चुनिए भने सर्वोत्कृष्ट गोलरक्षक पनि यापी भैरव क्लबबाटै पुजन थुयाँ घोषित भए। प्रतियोगिताको सर्बाधिक गोलकर्ता दाहाल ब्वाइज् क्लबका सौगात धिमाल घोषित भए। कार्यक्रममा चाँगुनारायण नगरपालिका का वडा अध्यक्ष रोज बहादुर तामांग, वडा सदस्य उमेश प्रधान, राधा देवी माकजु, समाजसेवी साधुराम दाहाल, अल्ला दाहाल लगायतको उपस्थिति रहेको थियो। फैढोका फुटसलको आयोजनामा भएको प्रतियोगितामा कुल २४ टोलीले सहभागिता  रहेको कार्यक्रम संयोजक मनोज के.सि. ले जनाएका थिए


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्