पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । उसले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएकाे भन्दै निगमले पनि मूल्य बढाएकाे हाे । निगमका अनुसार भारतबाट पेट्राेलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएकाे छ ।
नयाँ मूल्यअनुसार काठमाडाैं उपत्यकामा पेट्राेल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेकाे छ ।
निगमले हवाई इन्धनकाे मूल्य भने घटाएकाे छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडाैंमा २२ अमेरिकी डलरले घटाइएकाे छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्