दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिताको तयारी पुरा
भक्तपुर
जेष्ठ १६ , शुक्रवार ।
भक्तपुर — फैढोका फुटसलको आयोजनामा “दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता ” को तयारी पुरा भएको छ।
प्रतियोगितामा जम्मा २४ टोलीको सहभागिता रहने भएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ५०,००० सहित ट्रफी, मेडल रप्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५,००० पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई जनही रु. ५,००० पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित प्रतियोगिताको पहिलो खेल आयोजक फैढोका फुटसल र झौखेल यूथ क्लब बीच जेष्ठ १७बिहान ८:०० बजे हुने भएको छ। आयोजक फैढोका फुटसलले चाँगुनारायण नगरपालिका कपलाई भव्य र सफल बनाउने लक्ष्य सहित प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको कार्यक्रम संयोजक मनोज के.सी. ले बताए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्