काठमाडौं जिल्लास्तरीय दुईदिने स्क्र्याबल कार्यशाला सम्पन्न
काठमाडौं जिल्लास्तरीय दुईदिने स्क्र्याबल कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशाला २०८२ जेठ १५ र १६ गते पिक प्वाइन्ट पब्लिक स्कूल, काठमाडौंमा गरिएको थियो। स्क्र्याबल खेलमा बालबालिकाको भाषा क्षमता, शब्दज्ञान, र आलोचनात्मक सोच विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यशालाको समन्वय पिक प्वाइन्ट पब्लिक स्कूलका प्रशिक्षक तथा स्क्र्याबल संयोजक केशवप्रसाद पराजुलीले गर्नुभएको थियो।
कार्यशालामा भक्तपुर जिल्ला संयोजक प्रेम निरौला र ललितपुर जिल्ला संयोजक चिरञ्जीवी नेपालले प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा काठमाडौं जिल्लाका आठ विद्यालयबाट प्रतिनिधित्व भएको थियो। सहभागी विद्यालयहरूमा पिक प्वाइन्ट एकेडेमी, हार्मोनी किड्स स्कूल, पिक प्वाइन्ट पब्लिक स्कूल, ब्रेन ल्याण्ड एकेडेमी, एडभान्स्ड स्कूल, अरुणी स्कूल, ब्राइट फ्युचर स्कूल र विनायक स्कूल रहेका थिए।
कार्यक्रमले स्क्र्याबल खेलप्रति विद्यार्थीहरूको रुचि बढाउनुका साथै उनीहरूको भाषा विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको ब्रेनल्याण्ड एकेडेमीका भाईस प्रिन्सिपल प्रशान्त दाहालले बताउनुभयो । यस्ता कार्यशालाहरूले विद्यार्थीहरूमा सिर्जनात्मकता र प्रतिस्पर्धात्मक भावना विकास गर्न मद्दत पुर्याउने जनाईएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्