Techie IT
शुक्रबार, असार ६,२०८२

राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने


काठमाडौं, १५ जेठ । आज राजावादी समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ।

आज प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी नहुने बताएको हो ।

अध्यक्ष नै थुनामा रहेको अवस्थामा प्रदर्शनमा सहभागी नहुने महाअभियाले उल्लेख गरेको छ ।

गत चैत १५ गतेको हिंसात्मक घटनापछि प्रसाईँ थुनामा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545