Techie IT
बिहीबार, असार ५,२०८२

भारतमा फैलियो कोभिड संक्रमण, नेपालसँग जोडिएका प्रदेशमा पनि भेटिए संक्रमित


काठमाडौं । भारतमा कोभिड १९ संक्रमण फैलिएको छ । सरकारी समाचार संस्था पिटिआईले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै देशभर एक हजार भन्दा बढी कोभिड संक्रमितहर भेटिएको जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी ४३० संक्रमित केरल राज्यमा भेटिएका छन् भने नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगालमा पनि सक्रिय संक्रमित फेला परेका छन् ।

महाराष्ट्र,दिल्ली,गुजरातमा पनि सय भन्दा बढी संक्रमित भेटिएका छन् । महाराष्ट्र र अन्य कतिपय स्थानमा केही व्यक्तिको कोभिड संक्रमणका कारण हालैका दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । कर्नाटकका मन्त्री दिनेश गन्डुले अहिले नै आत्तिने अवस्था नभए पनि सतर्क रहन आह्वान गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #नेपालसँग जोडिएका प्रदेशमा पनि भेटिए संक्रमित, #भारतमा फैलियो कोभिड संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:06 am7:03 pm +0545