बुटवल–नारायणगढ सडकमा धमाधम काम (फोटो फिचर )

सिद्धार्थनगर, जेठ १४ गते । बुटवल– नारायणगढ सडक निर्माणको कामले गति लिएको छ । कुल एक सय १३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी कामलाई तीव्र पारिएको हो ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले ९४ किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । सूचना अधिकारी खनालका अनुसार सडकको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने छ ।
एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ लागत रहेको छ ।
सडक निर्माण योजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको भने सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ ।
यो सडकमा ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुने छ ।
समग्रमा कुल भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । सडकमा धमाधम पुल निर्माण, कल्भर्ट निर्माण तथा कालोपत्रको काम चलिरहेको हो ।
यो सडकको यात्रालाई सहज बजाउनका लागि दैनिक योजना अनुसारको काम जारी रहेको छ । सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो ।
सो निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं. २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बुटवल–नारायणगढ सडकमा धमाधम काम (फोटो फिचर )
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्