उत्कृष्ट मन्टेश्वरी स्कुल : प्रोमिनेन्ट किड्स

काठमाडौं । तारकेश्वर ११ को नेपालटारमा अवस्थित प्रोमिनेन्ट किड्स स्कुल मन्टेश्वरी विद्यालय हो । व्यस्त ठाउँमा पनि शान्त वातावरणमा रहेको यस विद्यालयमा प्रि–स्कुल र आधारभूत तहको अध्यापन हुने विद्यालय हो । यस विद्यालयमा नेपाल सरकारका उच्च तहका कर्मचारी, आर्मी अफिसरहरुका छोराछोरी र सरकारी विद्यालयका शिक्षकका छोरोछोरीहरुको रोजाईमा पर्न सफल विद्यालय हो । २०६६ साल मंसिर १६ गते मन्टेश्वरी अध्यापन हुने प्रि–स्कुलको रूपमा स्विकृत पाएको यस विद्यालयले यसै वर्षदेखि कक्षा ८ सम्मको अध्यापन गर्ने भएको छ । प्रोमिनेन्टमा माथिल्लो तहमा भन्दा पनि प्रि–स्कुलका लागि उत्कृष्ट भनेर जनजनमा चिनिन्छ तर विद्यालयले कक्षा ८ सम्म एउटै स्टाइलमा अध्यापन गराउँदै आएको छ । चैत महिना भित्र भर्ना गर्नेका लागि विद्यालयले विशेष छुटको व्यवस्था गरेको छ ।
तारकेश्वर नगरपालिकाभित्र पहिलो प्रि–स्कुलको रूपमा स्थापना भएको यस विद्यालयमा २०७१ सालबाट कक्षा १ को अध्यापन सुरु भएको थियो । यस विद्यालयमा तीन वर्षदेखि कक्षा ७ को मात्र अध्यापन हुँदै आएको छ । यस विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ८ को अध्यापन सुरु गर्ने तयारी सम्पूर्ण पूरा गरेको विद्यालयका प्रिन्सिपल जसु थापाले बताउनुभयो । प्रोमिनेन्ट किड्समा अहिले ७०० विद्यार्थी अध्ययनरत छन् जसमा प्रि–स्कुलमा करिव ४०० विद्यार्थी रहेका छन् भने कक्षा १ देखि ७ सम्म ३०० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयको प्रसासनिक ब्लक, मन्टेश्वरी ब्लक, प्रि–स्कुल, आधारभूत ब्लक फरक–फरक रहेका छन् । विद्यालयले आगामी दिनमा आफ्नै फुटसल मैदान निर्माण गर्ने तयारी गरेको छ ।
प्रोमिनेन्ट किड्सका विशेषताहरू :
– विद्यालय प्राङ्गणमा किड्स प्ले जोनसहित विशाल खेल मैदान भएको
– खेल मार्गमा आधारित पाठ्यक्रम
– स्वच्छ खाना र पानीको व्यवस्था
– व्यक्तित्व विकास जोड
– घरेलु वातावरणमा गतिविधिमा आधारित सिकाइ
– पूर्ण इसिडि बेसमा अध्यापन हुने
– यातायातको व्यवस्था
– कक्षा १ देखि ७ सम्म पेडाकोजी सिस्टमबाट पढाई हुने
– महिलाहरूबाट सञ्चालित विद्यालय
– इसिडि बेसमा पढाई हुने विद्यालय
– परियोजनामा आधारित सिकाइ
– बालबालिकाहरुको हरेक दिनको मुल्याङ्कन हुने
– माइलस्टोनमा आधारित मूल्याङ्कन
– प्रोजेट बेसमा सिकाई प्रणाली भएको विद्यालय
– अडियो–भिडियो मेथोडबाट कक्षा सञ्चालन
– बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि उसको शारिरीक र बौद्धिक विकासको बारेमा परिक्षण गर्ने विद्यालय
– सुरुवातीदेखि नै हरेक शुक्रबार बुक फ्रि डे कार्यक्रम सञ्चालन
– क्वीज करिकुलमसँग आवद्ध क्वीजहरु सञ्चालन
– विषयवस्तुसँग सम्बन्धित क्षेत्र भ्रमण
इसिए र सिसिएतर्फ विद्यालय स्थापनाको समयदेखि नै हरेक शुक्रबार “बुक फ्रि डे” कार्यक्रम सञ्चालन हुँदै आएको छ । करिकुलमसँग आवद्ध क्वीज प्रतियोगिताहरु गर्दै आएको छ । त्यस्तै फुटबल, नृत्य, म्युजिक, मार्शल आर्टस् र क्लेवर्क (माटोका भाँडा बनाउन) प्रशिक्षक राखेर कक्षा सञ्चालन गर्दै आएको छ ।
कक्षा १ देखि कक्षा ८ सम्म संस्कृत शिक्षा अध्यापन हुँदै आएको छ । प्रि–स्कुलमा इन्डोर गेम र कक्षा १ देखि माथिका लागि आउटडोर गेमको व्यवस्था रहेको छ । अबदेखि कक्षा १ देखि कक्षा ७ सम्म योगा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । प्रि–स्कुलमा पहिलादेखि नै योगा कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा २ जना म्युजिक प्रशिक्षक रहेका छन् । कराते प्रशिक्षकबाट हरेक दिन बिहान–बिहान कक्षा २ देखि ७ सम्मका विद्यार्थीलाई तालिम प्रदान गरिँदै आएको छ । प्रि–स्कुलदेखि कक्षा ७ सम्म स्मल गु्रप टिचिङ पद्धतिमा अध्यापन हुने विद्यालय हो । बि गु्रप टिचिङ पद्धति सबै कक्षामा हुँदै लागेको छ । प्रि–स्कुलमा स्मार्ट टिभिबाट कक्षा सञ्चालन हुँदै आएको छ । अहिले कक्षा ७ र ८ मा भने स्मार्ट बोर्ड जडान गरेको छ । आगामी दिनमा कक्षा ५ देखि माथिका सबैमा राख्ने विद्यालयले जनाएको छ । विद्यालयलाई सुरक्षित राख्न सबैतिर सिसि कयामेरा जडान भएको छ । विद्यालयको चारैतिर गेट रहेको छ ।
विद्यालयसँग विज्ञान ल्याव, कम्प्युटर ल्याव, पुस्तकालय, म्युजिक ल्याव, क्लेवर्क, ३०० जना अटाउने कार्यक्रम हल, फुटसल मैदान र ब्याडमिन्टन कोर्ट निर्माण हुँदैछ । बालबालिकाहरुलाई मायाँ दिएर पढाउँदै आएको छ । शिक्षकलाई विद्यार्थीले आफ्नो सबै कुरा शेयर गर्ने गरेका छन् । यस विद्यालयको रिजल्ट उत्कृष्ट रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उत्कृष्ट मन्टेश्वरी स्कुल : प्रोमिनेन्ट किड्स
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्