गणतन्त्र दिवसको अवसरमा तारकेश्वर ९ को शुभकामनामा बृह्त खुल्ला रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । तारकेश्वर ९ को शुभकामना चोकस्थित शुभकामना स्कुलमा गणतन्त्र दिवसको विशेष अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । शुभकामना स्कुल र लायन्स क्लव अफ काठमाडौं शुभआरम्भको संयुक्त प्रयासमा आयोजित कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले रक्त संकलन गर्ने शुभकामना विद्यालयका प्रिन्सिपल कुमार ढकालले बताएका छन् । ढकालले शुभकामना स्कुलले हरेक वर्ष स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्दै आएकोले गत वर्ष चैतमा गर्ने कार्यक्रम प्राविधिक कारण ढिला भएकाले अहिले गणतन्त्र दिवसमा विशेष ढंगले गर्न लागेको बताएका छन् ।
लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष रामशरण न्यौपानेले गणतन्त्र दिवस लगायत महत्वपूर्ण दिवसहरुमा लायन्स क्लवले विभिन्न शैक्षिक संस्थाहरुसँग सहकार्य गरेर रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको बताएका छन् । यस पटकको रक्तदान कार्यक्रममा सबैलाई सहभागिता जनाउन अनुरोध पनि गर्दछु ।
कार्यक्रममा वरिष्ठ डेन्टल सर्जन डा. प्रकृति गिरी, डा. राजेश शाहबाट दन्त परिक्षण तथा उपचार हुने भएको छ । त्यस्तै आँखा परिक्षणका लागि त्रिपुरेश्वर आँखा अस्पतालका बि.अप्टम अनुजा ढकालले आँखा जाँच गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सिडियस जीतबहादुर तामाङको समेत सहभागिता रहने गोरखकाली क्लीनिकका प्रमुख बिनोद भट्टले जानकारी दिएका छन् । भट्टकाअनुसार स्वास्थ्य जाँचमा आएकाहरुका लागि समय अभावले छुट हुन् पुगेकाहरुका लागि नाम दर्ताको पत्र लिएर अर्को दिन दिव्यज्योती आई केयर तथा पिपल डेन्टल होम लोकतान्त्रिक चोकमा आएर निःशु्ल्क परिक्षण गर्न सकिने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गणतन्त्र दिवसको अवसरमा तारकेश्वर ९ को शुभकामनामा बृह्त खुल्ला रक्तदान कार्यक्रमको आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्