युवा संघको चुनावमा फर्जी कार्ड भेटिएपछि केहीबेर रोकियो मतदान
पोखरा । राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि अहिले मतदान जारी छ । पोखरा सभागृहमा बिहान १० बजेबाट सुरू निर्वाचनमा फर्जी कार्ड बनाएर भोट हाल्न थालेपछि केहिबेर मतदानसमेत रोकियो ।
रौतहटका प्रतिनिधि शेख जैद आलमको कार्डमा अर्कैले फोटो राखेर भोट हाल्न खोजेपछि अन्य प्रतिनिधिले उनलाई रोकेका थिए । अहिले पुन: भोटिङ सुरू भएको छ । यो प्रकरणपछि डिजिटल कार्डधारी प्रतिनिधिलाई मात्र भोट हाल्न दिइएको छ । हस्तलिखित कार्डको हकमा भने छलफलपछि निर्णय हुने निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्षका उम्मेदवार सुमन पुरीले सामाजिक सञ्जालमार्फत् फर्जी कार्डको विरोध जनाएका छन् ।
‘स्वस्थ प्रतिस्पर्धा यही हो त ? एकजना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ । कार्डमा फोटो टाँसिन्छ । यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ । पछि प्रतिनिधि व्यवस्थापनले फेरि अर्को कार्ड बनाएर पठाउँछ । यो के हो ? हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ?,’ उनले लेखेका छन् ।
बिहान १० बजेबाट सुरू मतदानमा १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कुल १७६४ प्रतिनिधि छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #युवा संघको चुनावमा फर्जी कार्ड भेटिएपछि केहीबेर रोकियो मतदान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्