छहरे-टोखा सडकमा सवारी चाप बढ्यो

काठमाडौँ, जेठ १३ । काठमाडौं उपत्यकामा प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथको नागढुंगा–नौविसे खण्ड दिउँसो बन्द हुँदा छहरे–टोखा सडक खण्डमा सवारी चाप बढेको छ।
नागढुंगा-मुग्लिन सडक आयोजना जेठ १० देखि पिप्लामोड–नागढुंगा खण्डमा सडक स्तरोन्नतिको काम गर्दैछ र त्यसका लागि उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको छ।
सानातिना र मझौला सवारीसाधनहरूले वैकल्पिक मार्गका रूपमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) हुँदै गल्छी मार्ग प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।
यस कारण छहरे-टोखा सडक खण्डमा सवारी चाप उल्लेखनीय रुपमा बढेको छ।
सडक सुधारका कारण जेठ १० देखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकिनेछ। तर आपतकालीन सेवाका लागि दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनहरूलाई स्वतन्त्र आवागमनको अनुमति दिइनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #छहरे-टोखा सडकमा सवारी चाप बढ्यो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्