‘जनकमाण्डर’ बाट हटाइएनन् दुर्गा प्रसाईँ, प्रहरीले झूटो बयान लेखेको जनआन्दोलन समितिको दाबी

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा आरोपीहरूमाथि प्रहरीले मुद्दा दायर गर्दा बयानमै छलकपट गरेको आरोप लगाएको छ । पक्राउ परेका राजावादीहरू कसैले पनि एक-अर्काविरुद्ध बयान नदिएको दाबी समितिका प्रवक्ता स्वागत नेपालले गरे ।
प्रहरीले दायर गरेको अभियोग पत्रमा दुर्गा प्रसाईँले राप्रपाका नेताहरूलाई र राप्रपा नेताहरूले प्रसाईँलाई दोष देखाएर बयान दिएको उल्लेख छ । प्रसाईँले राप्रपा नेताहरूले कार्यक्रममा ढुंगा हान्न लगाएको भनेर बयान दिएको समाचार समेत मिडियाहरूमा आएका छन् ।
यस्तै, राप्रपाका नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणाले आफूहरू अतिथिका रूपमा मात्र सहभागी भएको भन्दै हिंसा भड्किएको सबै दोष प्रसाईँमाथि लगाएको दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
यस विषयमा समिति प्रवक्ता नेपालले आपत्ति जनाए । प्रहरीले बोल्दै नबोलेका कुरा आफैं लेखेर बयानमा राखेको उनको भनाइ छ ।
‘मैले हिरासतमा र अदालतमा सबैसित भेटेर कुराकानी गरेको छु । कसैले पनि एक अर्कालाई दोष दिएका छैनन् । प्रहरीले कसैलाई ३२ बुँदा देखाएर ४२ वटामा त कसैलाई ३६ वटा देखाएर ४६ बुँदामा हस्ताक्षर गराएको रहेछ । थपिएका बुँदाहरू प्रहरीले नै लेखेका हुन् । कसैले चाहिँ हामीलाई डरधाक देखाएर सही गराएको पनि भन्नुभयो । एक पटकमा एक जनालाई कोठाभित्र थुनेर फलानोले तँलाई यस्तो भनेको छ है भनेर उक्साउने काम पनि गरेको पाइयो । यो सबै बदमासीका विषयमा अदालतमा एकदम राम्रोसँग बहस पैरवी हुनेछ,’ उनले भने ।
तीनकुने घटनाका मुख्य जिम्मेवार मानिएका दुर्गा प्रसाईँ संयुक्त जनआन्दोलन समितिका पनि जनकमाण्डर हुन् । तीनकुने आन्दोलन भने प्रसाईँकै संस्था नागरिक बचाउ महाअभियानको नेतृत्वमा भएको थियो, जसलाई पछि जनआन्दोलन समितिले पनि अपनत्व लियो ।
प्रसाईँ अहिले पनि समितिको जनकमाण्डरकै हैसियतमा रहेको बताउँछन्, प्रवक्ता नेपाल । उनले भने, ‘उहाँलाई हटाइएको छैन, अहिले पनि जनकमाण्डर नै हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #‘जनकमाण्डर’ बाट हटाइएनन् दुर्गा प्रसाईँ, #breaking, #प्रहरीले झूटो बयान लेखेको जनआन्दोलन समितिको दाबी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्