पिएम कप भलिबल: आज छ खेल हुँदै
माछापुच्छ्रे(कास्की), जेठ १३ गते । प्रतियोगितामा मङ्गलवार पुरुषतर्फ ४ खेल र महिलातर्फ दुई खेल हुँदै छन् । महिलातर्फ कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबिच तथा न्यु डायमन्ड स्पोर्टस् क्लब र एपिएफ क्लबबिच हुनेछ । कर्णाली र आर्मी दुवै प्रतियोगिताबाट बाहिरिइसेका छन् । पुरुषतर्फ एपिएफ र कोशी प्रदेश, मणिमुकुन्द र सुदूरपश्चिम, गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल तथा नेपाल पुलिस क्लब र त्रिभवन आर्मी क्लबबिच हुनेछ ।
१५ गतेसम्म चल्ने प्रतियोगिताको दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पिएम कप भलिबल: आज छ खेल हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्