टोखा नगरपालिका क्रिकेट कप : फाइनल खेलमा वर्षा तगारो बन्दा सत्य साई र सरस्वती स्कूल संयुक्त रूपमा विजेता घोषित

काठमाडौं ,जेष्ठ १३। वर्षा बाधक हुँदा टोखा नगरपालिका स्तरीय क्रिकेट कपको उपाधी श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूलले संयुक्त रूपमा उपाधी जितेका छन् ।
सेभ एन्ड सस्टेन र टोखा नगरपालिकाको संयुक्त आयोजनामा आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल वर्षाले सम्भव नभएपछि फाइनल पुगेका दुई टोली श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषित घोषित हुँदै उपाधी जितेका हुन् ।
टि-१० फर्म्याटमा आयोजित प्रतियोगिता जेठ ५ गतेदेखि ११ गतेसम्म टोखा नगरपालिका खुलामञ्च भुतखेलमा भएको थियोे ।
क्रिकेट प्रतियोगितामा टोखा नगरपालिकाका १० विद्यालयको सहभागी रहेको थियोे । प्रतियोगिताको उद्घाटन र समापन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का प्रमुख अतिथिका रूपमा उपस्तिथि थिए ।
सचिव पारस खड्काले “यस्ता प्रतियोगिताबाट भविष्यका राष्ट्रिय खेलाडीहरू जन्मिन्छन् भन्ने विश्वास लिएको छु । मेहनत र लगन नै सफलता प्राप्तिको मूल चाबी हो । टोखा नगरपालिकाले झैं हरेक पालिकाले क्रिकेट प्रतियोगितालाई यसैगरी आयोजना गरेको खण्डमा क्रिकेट खेलको विकास एवं प्रबर्द्धनमा सहयोग पुग्ने बताएका थिए ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि टि-१० फ्रम्याटमा प्रतिस्पर्धा गराइएको थियोे ।
समूह ए मा एपी स्कूल, श्री सत्य साई शिक्षासदन, त्रियोग हाई स्कूल, काठमाडौं यूरो स्कूल र प्यारामाउन्ट एकेडेमी रहेका थिए । त्यसैगरी समूह बी मा एपी च्यालेन्जर्स, सरस्वती हाई स्कूल, डिभाइन स्कूल, त्रिवेणी सदन इंग्लिश सेकन्डरी स्कूल र नितेन मेमोरियल स्कूल रहेका थिए । समुह चरणमा प्रत्येकल्र टोलीले चार–चार खेल खेलेका थिए ।
प्रतियोगिताको फाइनल खेल वर्षाले बाधक बन्दा फाइनल पुगेका श्री सत्य साई शिक्षासदन र सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषणा गरिएको प्रतियोगिताका संयोजक एवं राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोलले जानकारी दिइन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सौरभ गोइत घोषित हुँदा
उत्कृष्ट ब्याटर अनिश खड्का चुनिएका थिए । त्यसैगरी उत्कृष्ट बलर आशीष मण्डल चुनिदा प्रतियोगिताको उदीयमान खेलाडी प्रशिष के.सी. घोषित भए ।
विजेता टोली र उत्कृष्ट खेलाडीहरुलाई पुर्व कप्तान पारस खड्काले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताकी संयोजक डंगोलले प्रतियोगिताभर साथ सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त हर्दै आगामी दिन यो क्रिकेट प्रतियोगितालाई सभ्य भब्य तौरबाट आयोजना गर्ने प्रतिबद्ध व्यक्त गरेकी थिइन् ।
टोखा नगरपालिकाद्वारा भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा
काठमाडौं, जेठ १३ । गत साता सम्पन्न ‘शहीद स्मारक बी डिभिजन लिग’मा उपविजेता बनेर शीर्ष डिभिजन (ए डिभिजन) मा स्थान बनाएको श्री टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ ।
सोमबार नगरपालिकाले आयोजना गरेको विशेष सम्मान समारोहमा क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई सम्मान गर्दै नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक सहयोगको घोषणा गरे । मेयर अधिकारीले क्लबको सफलताले टोखा नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको उल्लेख गर्दै आगामी दिनमा क्लबलाई आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख मुरारी तामांगले क्लबलाई भूतखेल खुला मञ्च प्रयोग गर्न दिने तथा एकेडेमी सञ्चालनको व्यवस्था मिलाउने घोषणा गरे ।
१३ खेलमा ७ जित, ५ बराबरी र १ हार सहित २६ अंक बटुल्दै उपविजेता बन्दै शिर्ष डिभिजन पुगेको भगवती क्लबले आगामी सिजन ए डिभिजन लिग खेल्नेछ । नगरपालिकाले क्लबका खेलाडी तथा अफिसियलहरूलाई मायाको चिनो र खेल पोसाक वितरण गर्दै थप सफलताको शुभकामना व्यक्त गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका क्रिकेट कप : फाइनल खेलमा वर्षा तगारो बन्दा सत्य साई र सरस्वती स्कूल संयुक्त रूपमा विजेता घोषित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्