त्रिशुलीबाट काठमाडौं आउँदै गरेको इभी छहरे-टोखा खण्डमा दुर्घटना, नौ जना घाइते
जेठ ११ टोखा। त्रिशुलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज ०८५४ नम्बरको इभी गाडी नुवाकोटको शिवपुरी गाउँपालिका–७, गुरुङगाउँस्थित टोखा–छहरे सडकखण्डमा आज दिउँसो ३ बजे दुर्घटनामा परेको छ। सडकबाट करिब १० मिटर तल खस्दा गाडीमा सवार ९ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, गाडी आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको हो। दुर्घटनामा घाइते भएका सबै जनालाई तत्कालै उपचारको लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पठाइएको छ।
घटनास्थलबाट इलाका प्रहरी पोस्ट गुर्जेभन्ज्याङबाट खटिएको प्रहरी टोलीले इभी गाडीका चालक शिवपुरी गाउँपालिका–७ का ३६ वर्षीय रवि बस्नेतलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा घाइते हुनेहरुमा नुवाकोट लिखु गाउँपालिका–४ चौघडा बस्ने ३९ वर्षीया मैना राई, काठमाडौं महाराजगञ्ज बस्ने ४६ वर्षीया लक्ष्मी खड्की, काठमाडौं गोङ्गबु बस्ने ३५ वर्षीया श्रीजना लामा, नुवाकोट विदुर नगरपालिका–५ माझिटार बस्ने १८ वर्षीया बिपना अर्याल, नुवाकोट तलाखु बस्ने २८ वर्षीय रसमान लामा, नुवाकोट तलाखु बस्ने १८ वर्षीय बिजय लामा, काठमाडौं कलंकी बस्ने ३९ वर्षीया सरस्वती राई, काठमाडौं कलंकी बस्ने ३८ वर्षीय श्याम दगौरा र रसुवा उत्तरगया गाउँपालिका–५ बस्ने २५ वर्षीय महेन्द्र श्रेष्ठ रहेका छन्।
घाइतेहरुमध्ये मैना राई र लक्ष्मी खड्कीको अवस्था मध्यम रहेको र बाँकी सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #त्रिशुलीबाट काठमाडौं आउँदै गरेको इभी छहरे-टोखा खण्डमा दुर्घटना, #नौ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्