Techie IT
बिहीबार, असार ५,२०८२

“घुमौं मधेस, बुझौँ मधेस” अभियान सात जिल्लामा सम्पन्न


मधेस प्रदेसको पर्यटन प्रवर्द्धन तथा लगानी आकर्षणको उद्देश्यसहित आयोजित ‘घुमौं मधेस, बुझौं मधेस’ कार्यक्रम शनिवार बीरगन्जस्थित भिस्वा होटलमा सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता तथा उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय मधेस प्रदेशका मन्त्री ईञ्जिनियर बसन्त कुशवाहाको प्रमुख आतिथ्यतामा भएको अबलोकन भ्रमण हालसम्म मधेसका ७ ओटा जिल्लामा सम्पन्न भई सकेको छ ।

उक्त कार्यक्रममा मन्त्री कुशवाहाले कार्यक्रममा बोल्दै प्रदेश सरकारको यो वर्षको बजेटमार्फत १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उल्लेख गरे । उक्त लक्ष्य हासिल गर्न कृषि, उद्योग र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए । उनले कृषकहरूलाई पनि पर्यटनतर्फ आकर्षित गर्नुपर्ने बताए । “मधेसमा पर्यटक ल्याउन ठाउँहरूको पहिचान र प्रवर्द्धन आवश्यक छ ।,” मन्त्री कुशवाहाले भने, “खेलकुद र अन्य गतिविधि माध्यम बनाएर नयाँ ढंगले मधेसलाई चिनाउनु पर्छ ।”

कार्यक्रममा मधेस प्रदेशका विभिन्न तहका अधिकारी, पर्यटन व्यवसायी, पत्रकार र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ वीरगञ्ज अध्यक्ष हरि गौतम लगायतले आ–आफ्ना धारणा राखे ।

होटल संघ नेपालका केन्द्रीय सचिव एवं बीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले अतिथिहरूलाई स्वागत गर्दै पर्यटन क्षेत्रको समग्र सुधार र प्रवर्द्धनका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

मधेश विश्वविद्यालयका उपकूलपति डा. दीपक शाक्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, होटल संघ मधेश प्रदेश अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूले कार्यक्रमलाई समर्थन जनाए ।

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया साथै अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, जगत राईलगायत पत्रकार तथा होटल व्यवसायीहरूको सक्रिय सहभागिता कार्यक्रममा देखियो ।

 

 


क्याटेगोरी : समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:06 am7:03 pm +0545