जिवनाथ पोखरेलको नेतृत्वमा ‘मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा’
जीवनराज दाहाल : बर्दिवास, महोत्तरी, ११ जेठ –
कला, संस्कृति संरक्षण तथा स्वस्थ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न भएको छ ।

जेठ ९ गते बर्दिवासबाट सुरु भएको यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेर समापन गरिएको हो ।

‘मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक’ भन्ने नारासहित पोखरेलसहित २५ जनाको टोली कलाघरमा पुगेर सांस्कृतिक गतिविधिमा सहभागी भएका थिए ।
कार्यक्रमका संयोजक सुबोध कट्टेलका अनुसार उक्त यात्राको उद्देश्य मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हो ।“संस्कृतिलाई पर्यटनसँग जोड्दै स्वस्थ वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य हो,” उनले बताए ।

मुख्य आकर्षण रहेका उल्टो मोटरसाइकल यात्री पोखरेलले वि.सं. २०६३ सालमा शान्तिको सन्देशसहित मेची–महाकाली उल्टो साइकल यात्रा गरिसकेका छन् । उनी केही वर्षदेखि उल्टो मोटरसाइकल कुदाउने अभ्यास गरिरहेका थिए ।
पेशाले स्वास्थ्यकर्मी रहेका पोखरेल गायकसमेत हुन् । उनका आधा दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । हाल उनी उल्टो यात्रा मार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने प्रयासमा छन् ।

सो कार्यक्रम बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो । बर्दिवास नगरपालिका वडा नं. १ र ३ को साझेदारीमा गरिएको उक्त अभियानमा गौरीवास युथ क्लबको सक्रिय सहयोग रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्