अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहित त्यहाँ कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले त्यहाँ कार्यरत १४ जना कर्मचारीको सरुवा गरेको छ ।
प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई समेतको भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्नता भएको भन्दै उनको मोबाइल नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका बेला गृह मन्त्री रमेश लेखकको निर्देशनमा मन्त्रालयले १४ जना कर्मचारीको सरुवा गरेको हो ।
सरुवा हुनेमा ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र चार जना कम्प्युटर अपरेटर छन् । त्यहाँ कार्यरत नायब सुब्बा खुबराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, दत्त लामालाई जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई गोरखा, तेजराज गौतमलाई बागलुङ, सुवास केसीलाई रुकुम पश्चिम र कुबेरप्रसाद दाहाललाई धनकुटा सरुवा गरिएको छ ।
त्यस्तै, नायब सुब्बा प्रमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा नरबहादुर थापालाई बाँके पठाइएको छ ।
यसैगरी, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग वा त्यसअन्तर्गत सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अध्यागमन स्रोतका अनुसार एमाले निकट कर्मचारीलाई छानिछानी सरुवा गरिएको भने सेटिङको समूहमा आबद्ध र कांग्रेस निकट ट्रेड युनियनका कुनै पनि कर्मचारीलाई सरुवा गरिएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्