बाबुरामबारे प्रचण्ड- दिमाग ठाउँमा हुनुपर्यो नि, त्यस्ता बुद्धि नभएको डाक्टरसँग केको एकता ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसहयात्री समेत रहेका नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग एकता सम्भव नभएको बताएका छन् । रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोरखामा चुनाव लड्दा नै मिल्ने भनेपनि कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि एकता सम्भव नभएको बताए ।
उनले भने, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अब चाहिँ यो चुनावमात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर, उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने ? बाबुरामको लागि ?’
उनले कम्युनिष्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्नेसँग के गरी एकता गर्ने ? भन्दै प्रश्न गरे ।
उनले थपे, ‘उहाँ त खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ । प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल । हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ?’
उनले बाबुरामसँग भएका गङ्गानारायण श्रेष्ठलगायतका थुप्रै भ्रममा परेर गएका सबै फर्किने तयारीमा रहेको बताए ।
प्रचण्डले थपे, ‘यो एकता होइन त ? अब बाबुरामलाई के गरी ल्याउने अब ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्यो र पो ल्याउन सकिन्छ। सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ ।’
उनले पार्टी एकताको लागि विचार, दृष्टिकोण, प्रवृत्ति मिल्नुपर्ने भन्दै बाबुरामसँग एकता गरेर फेरि ठूलो भइहाल्ने पनि नभएको सुनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #त्यस्ता बुद्धि नभएको डाक्टरसँग केको एकता ?, #बाबुरामबारे प्रचण्ड- दिमाग ठाउँमा हुनुपर्यो नि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्