जोगीको भेषमा चोरी गर्ने दुई जना भारतीय नागरिक चितवनमा पक्राउ
चोरी नियन्त्रणमा लिन प्रहरी सक्रिय छ - एसपी पुरी
शरीरमा सेतो वस्त्र,
हातमा कमण्डलु र निधारमा खरानी।
काम दिनभर घर-घरमा पुगेर माग्ने। भारत नंगल देवत दक्षिण पश्चिम दिल्ली घर भएका बर्ष १९ को नितिन नाथ र भारत नछफगढ साउथ वेस्ट दिल्ली घर भएका बर्ष २२ को मंजितको दैनिकी थियो।
आफूलाई जोगी र माग्ने बताउने यी दुई जना मंगलबार चितवन प्रहरीको फन्दामा परे। जोगीको भेषमा भिख माग्दै हिँड्ने दुई जना प्रहरीको हात लागेसँगै उनीहरूको राज खुल्यो। जोगीको भेषमा चोरको ‘खबरी’।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले मंगलबार दिउँसो रत्ननगर ६ स्थित सौराहाबाट चोरी गरेको अभियोगमा नितिन र मन्जितलाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले चोरी भएका नगद र सुनका मुद्रा फेला पारेको चितवनका प्रहरी प्रमुख गोबिन्द पुरीले जानकारी दिए ।
एसपी पुरीले चोरहरूले चोरी गर्ने मौका बारे जानकारी लिन विभिन्न भेषमा ‘खबरी’ पठाउने गरेको बताउँछन् । भरतपुर महानगरपालिका -१० स्थित बालमन्दिर रोडमा एक पिडीतले दिएको हुलियाका आधारमा हामीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उनीहरूको चोरीका नयाँ-नयाँ तरिका पत्ता लाग्नेछ ।
जोगीको भेषमा आउने उनीहरु भारतबाट नै चोरी गर्नेका लागि नेपाल आउने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ। उनीहरूले समूहमा चोरी गर्दा विभिन्न तरिका अपनाउने गरेका छन्। एसपी पुरी भन्छन्, ‘चोरहरूले समूह बनाएर चोरी गर्छन्। चोरी गर्ने घर र ठाउँको जानकारी लिन उनीहरूले विभिन्न तरिका अपनाएको देखिन्छ।
विभिन्न व्यक्तिलाई जोगी, घरमा काम गर्ने आदि बनाएर पठाउने गरेको समेत खुल्न आएको छ । जिल्लामा हुने चोरी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको भन्दै प्रहरी प्रमुख पुरीले अपराधीक गतिबिधि हुन नदिनेतर्फ प्रहरी सजग रहेको दाबी गरे ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्