Techie IT
बिहीबार, जेठ ९,२०८२

चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते


चितवन, जेठ ७ गते । चितवनको इच्छाकामना गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नंं १ भराङमा चट्याङ पर्दा ५१ वर्षीय वीरवहादुर चेपाङको मृत्यु भएको छ । चट्याङ पर्दा उहाँको छोरा घाइते हुनु भएको छ । बुधबार दिउँसो २ः३० बजे चट्याङ गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी परिचालन भएकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एक घाइते, #चट्याङ लागेर एकजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Drizzle
5:09 am6:51 pm +0545