Techie IT
बुधबार, जेठ ८,२०८२

हावाहुरीले मर्भुङ्गमा घरको छाना उडाउँदा ४५ हजारको क्षति


रेसुङ्गा, जेठ ७ गते । वर्षातसँगै आएको हावाहुरीले मालिका गाउँपालिका–८ किसानटारीका डाइमन लम्सालको घरको छानो उडाएको छ । लम्सालको दुई तले  पक्की घरको माथिल्लो तलामा उडाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । घटनामा कुनै मानवीय क्षति नभए पनि १५ वटा टिनकोे पाता उडाउँदा ४५ हजार रुपियाँ बराबरको नोक्सान भएको सारुले बताउनुभयो ।

यस अघि चैत महिनामा मात्रै गुल्मीमा हुरी बतासका ३३ घर र आठ गोठमा क्षति पुर्‍याएको थियो । धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दबास बस्ने कृष्ण बिष्ट र देवकला महतको घरको छाना उडाएको थियो ।

त्यस्तै धुर्कोट गाउँपालिका–४ का पूर्णप्रसाद पाध्याको घर, अरुण गैरेको होटल, धुर्कोट गाउँपालिका–५ का इश्वर सुनार, गिरबहादुर पुन मगर, गोरेबहादुर सार्की, तुल्सा भण्डारी, तेजबहादुर घर्ति, फर्सुराम पचभैया मगरको घरको छाना हावाले उडाएको थियो ।

त्यस्तै, मालिका गाउँपालिका–४ अर्खाबाङ्गका सुरेश अर्याल, शिवलाल अर्याल, जमुना लम्साल, हिरालाल अर्याल, अरुण बुढा मगर, खिमबहादुर घर्ति, थमने कामी र सीता अर्याल घरको छाना हावाले उडाएको छ । मालिका गाउँपालिका–२ का अगुना रविन्द्र विश्वकर्माका अनुसार रिमा घर्ति, कविराम विक र फूलमाया विकको घरको छाना उडाएर क्षति गरेको थियो ।

यसैगरी, अर्खाबाङ्ग माविको कम्प्युटर ल्याब, पुस्तकाले र शौचालयको छाना हावाले उडाएको छ । जसको कारण ठुलो क्षति भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #हावाहुरीले मर्भुङ्गमा घरको छाना उडाउँदा ४५ हजारको क्षति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:09 am6:50 pm +0545