Techie IT
बुधबार, जेठ ८,२०८२

पाँच सय र एक हजारका नयाँ नोट छाप्ने नयाँ गभर्नरको पहिलो निर्णय


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले जिम्मेवारी सम्हालेका छन् । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै ५ सय र एक हजारका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे ।

बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने उनको भनाइ छ ।

पौडेलले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।’

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अवलम्बन गर्ने उनको भनाइ छ । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबैसँग समन्वय गरेर अघि बढ्ने पौडेलले प्रतिवद्धता जनाए ।

कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामाबारे सोधिएको प्रश्नमा उनले आफूकहाँ फाइल आइनसकेको र यो आन्तरिक विषय भएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाँच सय र एक हजारका नयाँ नोट छाप्ने नयाँ गभर्नरको पहिलो निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:09 am6:50 pm +0545