जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति संखुवासभाको संयोजकमा शाक्य
जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्ला बार एसोशियसनका अध्यक्ष उमेश शाक्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको कोभिड–१९ को सन्दर्भमा अनुगमन कार्यविधि अनुसार ५ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन भएको छ ।
जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिमा पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष विनोद सुब्वा गुरुङ,समाज स्पर्श समितिका अध्यक्ष भोला भिषण शाक्य र इन्सेक जिल्ला प्रतिनिधि भविन कार्की सदस्य रहेको बारका अध्यक्ष उमेश शाक्यले जानकारी दिनु भयो । बैशाख १२ गते बसेको जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिमा मनोनित गरेको हो ।
अनुगमन समितीले कोभिड–१९ विरुद्ध लड्न सरकारले गरेका कार्यहरुको अनुगमन गर्न छ । अनुगमन समितीले मानव अधिकारको अवस्था स्थानिय स्तरमा देखिएका समस्यालाई सहजिकरण गर्न तथा सत्य तथ्य घटनालाई राष्ट्रिय मानव अधिकार आयोगलाई सूचना संप्रेषण गर्ने छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्