Techie IT
बुधबार, जेठ ८,२०८२

विश्व पौडेलले लिए गभर्नरको शपथ


काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा उनको स्वागत कार्यक्रम राखिएको छ ।

हिजोको क्याविनेटले डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #विश्व पौडेलले लिए गभर्नरको शपथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:09 am6:50 pm +0545