‘विकास–निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा’
दमौली (तनहुँ), जेठ ७ गते । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघिबढ्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । बजेट छर्ने प्रवृत्तप्रति लक्ष्य गर्दै उहाँले त्यसो भन्नुभएको हो ।
प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याउनुभयो । कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो ।
एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको स्पष्ट गर्नुभयो ।
निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘विकास–निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्